सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

हेटौंडा टुडे
२०८१ चैत्र ५, मंगलवार ११:१३ गते

हेटौंडा । मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो । सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँ बनाउँदै उच्च रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*