मंगलबार सेयर बजारमा भारी गिरावट, ५ अर्ब १८ करोडको कारोबार

हेटौंडा टुडे
२०८१ चैत्र १२, मंगलवार १५:५६ गते

हेटौंडा । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिम समयसम्म पनि कायमैै रह्यो । बजारमा निरन्तर आएको गिरावटले लगानीकर्ताको मनोबल समेत बजारमा घट्न थालेको छ । पछिल्लो समय बजारमा उतार चढाब निकै बढेको छ । कारोबार रकम पनि घट्दै गएको छ । यो दिन सबै समूहको उपसूचकमा राताम्मे बनेको छ ।

आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दुमा ओर्लियो ।  आज ५ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*