बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

हेटौंडा टुडे
२०८१ चैत्र १३, बुधबार १२:३२ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा किनबेच भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*