इन्द्रसरोवरमा सुमो दुर्घटना, ३ को अवस्था गम्भीर ६ घाइते

हेटौंडा टुडे
२०८१ चैत्र २०, बुधबार १७:०६ गते

हेटौडा । मकवानपुरको इन्द्रसरोवरमा आज बुधबार दिउसो टाटा सुमो दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका– वडा नम्बर २ बतासे सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीको अनुसार रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भएर आफैँ अनियन्त्रित भई सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार ९ जना घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । चालक सहित १० जना सवार रहेको सुमोमा ३ जनाको अवस्था गम्भीर , १ जनाको मध्यम र ५ जनाको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*