बिहीबार सुनको मूल्य हालसम्मकै उच्च

हेटौंडा टुडे
२०८१ चैत्र २१, बिहीबार १०:५६ गते

हेटौंडा। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि मङ्गलबार सुन तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड बनाएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलमा २५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*