केही स्थानमा हल्का वर्षाको सम्भावना

हेटौंडा टुडे
२०८२ बैशाख २, मंगलवार १२:१२ गते

हेटौंडा । हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण केही स्थानमा आंशिकदेखि साधारणतया बदली हुने संभावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार  ताप्लेजुङ,ओखलढुंगा,जिरी,पोखरालगायत शहरमा हल्का पानी पर्ने संभावना छ। आज धनगढीमा सबैभन्दा बढि तापक्रम ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सबैभन्दा कम तापक्रम आज राति जिरीमा (चार डिग्रीसम्म)पुग्ने  आंकलन गरिएको छ। त्यसैगरीकोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडि भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*