आज सुनको मूल्य सामान्य वृद्धि

हेटौंडा टुडे
२०८२ बैशाख ११, बिहीबार ११:१७ गते

हेटौंडा । स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ७ हजार ५ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेको हो। मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। सो दिन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। बुधबार एकैदिन ७ हजार ५ सय रुपैयाँले घट्दा प्रतितोला सुनको मूल्य  १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। प्रतितोला चाँदी २ हजार  १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार एक तोला चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ कायम भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*