हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आजदेखि छलफल हुन लागेको हो । यस निम्ति प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । दुवै सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ ।
सेयर गर्नुहोस्


















