सुनको मूल्यमा उच्च वृद्धि

हेटौंडा टुडे
२०८२ बैशाख २३, मंगलवार ११:०४ गते

हेटौंडा। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । चाँदीको मूल्यमा पनि परिवर्तन देखिएको छ। आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार हुँदैछ। यसअघि चाँदी एक हजार ९१० मा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*