नेपाल हङकङ चाइनासँग पराजित

हेटौंडा टुडे
२०८२ बैशाख ३०, मंगलवार १५:५६ गते

हेटौंडा । हङकङ चाइनासँग नेपाल पराजित भएको छ । थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत बर्षाले प्रभावित खेलमा नेपाल हङकङ चाइनासँग ७ विकेटले पराजित भएको हो । ५-५ ओभर खेलाइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य पछाएको हङकङ चाइनाले ४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५ ओभरमा ३ विकेट गुमाउदै २९ रन बनाएको थियो ।

यो जितपछि हङकङ चाइनाको ३ खेलमा ४ अंक भएको छ र समुह सी मा शिर्ष स्थानमा उक्लिएको छ ।  नेपालको भने ३ खेलमा ३ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । नेपालले जारी प्रतियोगिताको पहिलो खेल हङकङ चाइनाविरुद्ध  बर्षाले रद्ध भएपछि अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो । नेपालले अर्को खेल मे १५ मा बहराइनसँग खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*