चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको मालबाहक गाडी सडकमै पल्टियो

हेटौंडा टुडे
२०८२ बैशाख ३१, बुधबार १२:४४ गते

चित्लाङबाट थानकोटतर्फ आउँदै गरेको मालबाहक गाडी पानीघाट नजिकै दुर्घटनामा परेको छ । काँचो नरिवल लोड भएको प्र. १ ०१ ००१ च ७९०७ नम्बरको टाटा मोबाइल बुधबार बिहान सडकमै पल्टिएको हो । सो गाडी दुर्घटना भएको स्थानको सडक केहीअघि  मात्रै कालोपत्रे भएको थियो । भिरालो तथा मोडमा तिव्र गतिमा रहेको सो गाडी दुर्घटनामा परेको प्रत्यक्षदर्शीको भनाइ छ । सो दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*