मंगलबार सुनको मूल्य स्थिर, चाँदी घट्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ ६, मंगलवार ११:०८ गते

हेटौंडा।  मंगलबार सुनको  मूल्य स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । उच्च मूल्यबाट हालसम्म करिब १३ हजार रुपैयाँ घटेको छ ।

मंगलबार चाँदीको मूल्य  तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*