आज सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ ९, शुक्रबार ११:०० गते

हेटौंडा । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनको मूल्य  घटेको छ। लगातार वृद्धिका बिच बिहीबार प्रतितोला  १ हजार ७ सय रूपैयाँले बढेकाे सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।  यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*