सुनको मूल्य आज पनि घट्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ १३, मंगलवार ११:२२ गते

हेटौंडा । नेपाल सुनचाँदी व्यवसायी महासंघका अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले मूल्य घटेको हो । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घट्दै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम थियो । सुनको मूल्यमा गिरावट आउँदै गर्दा चाँदीको मूल्य पनि गिरावट आएको छ । केही दिनदेखि नै स्थिर बनेको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३२९ डलरमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*