सुनको मूल्यमा सामान्य वृद्धि

हेटौंडा टुडे
२०८२ जेष्ठ १८, आईतवार ११:११ गते

हेटौंडा । नेपाली बजारमा आइतवार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तीन सय रुपैयाँले बढ्दै तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*