हेटौंडा । शरीरलाई स्वस्थ र स्फूर्त राख्नको लागि धेरै पोषक तत्वको आवश्यकता पर्छ । भिटामिन ‘सी’ पनि शरीरलाई चाहिने अत्यावश्यक पोषक तत्वमध्ये एक हो। आहारबाटै भिटामिन सी पूर्ति गर्नु पर्ने भएकाले कहिले काँही बिग्रदो खानपान शैलीले यसको कमी हुनसक्छ ।
भिटामिन सी पानीमा घुलनशील हुन्छ । हाम्रो अंगको आकार बढाउन, रक्त वाहिकालाई बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भिटामिन सी आवश्यक हुन्छ । उच्च कोलोस्टोर, उच्च रक्तचाप नियन्त्रणमा भिटामिन सिले सहयोगी भूमिका खेल्छ । यो छाला, हड्डीको विकासको लागि पनि आवश्यक हुन्छ । शरीरमा भिटामिन सीको कमीले विभिन्न दुष्प्रभाव देखिन्छन् । भिटामिन सी कमी भएको लक्षणबाट पत्ता लगाएर समयमै यसको पूर्ति गर्नु पर्छ ।
भिटामिन सी कमी हुने कारणहरु
- मदिरा सेवन गर्दा
- चिया र पाउरोटी खाने बानीले
- गरीबीको कारण (फलफूल तथा सागपात किनेर खान नसक्दा)
- धुम्रपान गर्ने
- पाचनसम्बन्धी समस्या भए
- आइरनको कमीले
- केही खानेकुराबाट एलर्जी हुँदा पनि भिटामिन सी को कमी हुनसक्छ ।
भिटामिन सीको कमी भयो भने निम्न लक्षणहरु देखिन्छन्ः
-
- गिजामा रगत देखिनु
- संक्रमणसँग लड्ने क्षमता कम हुनु
- नाकबाट रगत आउनु
- सुख्खा छाला हुनु
- दाँतको बाहिरी पत्र कमजोर हुन्छ
- छाला अत्यधिक पातलो हुनाले हल्का चोट लाग्दा पनि रगत बग्ने वा गहिरो घाउ बस्ने
- भिटामिन सी को कमीले कपाल पनि रुखो र दुईमुखे हुन्छ ।
भिटामिन सीका कार्यहरू
– दाँत र हाडको विकासमा सहयोग गर्दछ।
– घाउ निको हुने प्रक्रियामा सहयोग गर्दछ।
– रगत जम्ने प्रक्रियाका लागि आवश्यक हुन्छ।
– खानामा रहेको फलाम तत्त्वलाई आन्द्राबाट शोषण गर्ने काममा सहयोग गर्दछ।
– दाँत र गिजालाई स्वस्थ राख्छ।
– छालालाई नरम र स्वस्थ राख्छ।


















