हेटौंडा । तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए । उनीहरुलाई यतिवेला डिल्लीबजार कारागार चलान गरिएको हो । पूर्पक्षमा पठाईएकाहरुमा प्रसाईंको अलावा सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठ रहेका छन् । उनीहरु सबै जनालाई प्रसाईसँगै डिल्लीबजार कारागारमा राखिएको हो । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
सेयर गर्नुहोस्






















