आज पनि सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ असार ६, शुक्रबार ११:१३ गते

हेटौंडा ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*