आइतबार सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ असार ८, आईतवार ११:०२ गते

हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।  यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*