सामान्य अंकले बढ्यो नेप्से

हेटौंडा टुडे
२०८२ असार ९, सोमबार १५:५३ गते

हेटौंडामा । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । सोमबार नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६०० विन्दुमा नेप्से पुगेको छ ।  सोमबार नेप्से बढ्दा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर कारोबार भएको छ ।  सोमबार १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।  सोमबार दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ८३१ पटक शेयर किनबेच भएको छ । दिनभरमा १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*