मकवानपुरगढीले ल्यायो ७४ करोड ५ लाख ८४ हजारको बजेट

हेटौंडा टुडे
२०८२ असार १०, मंगलवार २२:२३ गते

हेटौडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी पाख्रिनले वार्षिक नीति, कार्यक्रम प्रस्तुत गरेकी हुन् ।मकवानपुरगढीको मंगलबार बसेको गाउँसभामा उपाध्यक्ष मान कुमारी पाख्रिनले कृषि क्षेत्रमा “कृषकहरुलाई सम्मान, वर्गीकरण सहितको कृषक पहिचान ”मकवानपुरगढी भित्र रहेका कृषकहरुको वर्गीकरण गराई पहिचान सहितको किसान परिचयपत्र वितरणको कार्य सुरुवात गरिने, मकवानपुरगढी गाउँपालिकाका कृषकहरुबाट उत्पादित स्थानीय एवं रैथानेवली कोदो, धानकोदो, जुनेलो, फापर, सिमि, आदि को न्युनतम समर्थन मूल्य निर्धारण गरि उत्पादनमा आधाररत प्रोत्साहन अनदुान कार्यक्रमलाई निरन्तरता दिइने, गाउँपालिकाभित्र रहेको माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यालयहरुलाई लक्षित गरी “पढ्दै, कमाउदै कार्यक्रम “ लाई निरन्तरता दिईने, गाउँपालिका बाट जग्गा बाँझो राखी बसाइसराइ भई जाने क्रमवढे बाट सबै क्षेत्रको विकास र समृद्धीका अभियानहरु प्रभावित हुने भएकोले जग्गा बाँझो नराख्नको लागि बाझो जग्गा खनजोत गरि खेती गर्ने कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरंतार्ता, एक वडा एक उत्पादन’ अभियानलाई थप प्रभावकारी बनाउने योजना पालिकाले अघि सारेको छ ।

पशुपालन क्षेत्रमा पशुहरुमा लाग्ने संक्रमण सरुवा रोगहरु खोरेत, भ्यागुते , लम्पी स्किन रोग, पिपिआर, रेविज रोग लगायतका रोगहरु नियन्त्रण गर्न खोपको सुनिक्षितता गरिनेछ।साथै आवश्यकताको आधारमा वजेट व्यवस्थापन गर्ने निति अवलम्वन गरिने, पशुपालक कृषकहरुको पशुधन सुरक्षणको लागि पशु बिमा, पशुको आहारा व्यवस्थापनको लागि साइलेज उत्पादनको व्यवस्था गरिने, दुघ उत्पादनमा प्रोत्साहन गर्न दुग्ध उत्पादक सहकारी संस्था मार्फत कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिइने ,पशु प्राविधिकको व्यवस्था गरी सरल,शुलभ सेवा पशु उपचार, कृत्रिम गर्भाधान, गोबर परिक्षण, दुध परिक्षण तथा अन्य विविध सेवाहरु प्रदान गर्नको लागि पशु सेवा केन्द्र संचालन गरिने, पशु आहारमा आत्मनिर्भर बनाउनुका साथै उत्पादनमा लागत कम गर्न घाँस खेतीमा आधारित घाँस उत्पादन प्रवद्धन कार्यक्रम गर्न बाँझो तथा सिंचित जग्गामा घाँस खेति गर्न कृषकलाई प्रोत्साहन  गरिने उल्लेख गरिएको छ ।

तेस्तै  ऐतिहासिक मकवानपुरगढी दरवार,मनकामना मन्दिर, सहिद रुद्र वाटिका स्मृति पार्क, पशुमैत्री पार्क ,रानिवास एग्रोटुरिजम पार्क, ढुङगेगढी, फुलुङगेश्वर महादेव,जलेश्वर धाम ऐतिहासिक हेलिग्राफ, विजय पार्क, इच्छापुर्णेश्वर मन्दिरसहित उच्च पर्यटकिय सम्भावना बोकेको क्षेत्रहरुमा पूर्वाधार विकासमा लगानी गर्ने जनाईएको छ ।

शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य बनाउने नीति लिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुको समतामूलक पहुँच सुनिश्‍चत गर्नका लागि गरीब तथाजेहेन्दार छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने, विद्यालय शिक्षामा सूचना तथा सञ्‍चार प्रविधिको अधिकतम् उपयोग गर्दै शिक्षण सिकाइ सहजीकरण प्रक्रियालाई प्रविधिमैत्रीबनाउँनका लागि आवश्यक न्यूनतम् पूर्वाधार तथा सामग्रीको व्यवस्थापन गरिने उल्लेख छ  ।

स्वास्थ्य क्षेत्रमा सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै स्वास्थ्य चौकीहरू सञ्चालन, निःशुल्क औषधि वितरण, प्रसूति सेवा र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको छ । गर्भवती महिलाहरूका लागि निःशुल्क प्रसवपूर्व जाँच र मातृ–शिशु स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन गरेर समावेशी स्वास्थ्य प्रणाली विकास गर्ने, मकवानपुरगढी र आमभञ्ज्याङ्ग स्वास्थ्य चौकीमा सञ्चालनमा रहेका प्रयोगशालामा आवश्यक उपकरण सहित थप रोग निदानात्मक सेवा प्रदान गरिनेछ । साथै सुकौरा र बुढीचौर स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गर्न आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न पहल गरिने प्रयास देखिन्छ। साथै समयमा नै जटिलता युक्त गर्भको पहिचान गरि आमा र गर्भशिशुको जीवन रक्षा गर्न र अपाङ्गता सहितको जन्म न्यूनीकरण गर्न सहयोगी हुने नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड सेवा आ.व.२०८१/८२ मा प्रारम्भ गरिएकोमा ८ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट मासिक घुम्ती सेवाको रुपमा नि:शुल्क ग्रामिण अल्ट्रासाउण्ड सञ्चालन गरिने जनाईको छ ।

पञ्जिकरण व्यवस्थापन तर्फ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई  आर्थिक बर्ष २०८२/ ०८३ देखि  वडा तहबाटै सामाजिक सुरक्षा भत्ता पाउने  व्यवस्था मिलाईने जनाएको छ ।

साथै गाउँपालिकाले चालु खर्चतर्फ ४१ करोड ७० लाख ६६ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३२ करोड ३५ लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ। । बजेटका स्रोतहरूमा संघीय सरकारबाट ४३ करोड ६१ लाख रुपैयाँ, प्रदेश सरकारबाट ९ करोड ४ लाख ३ हजार रुपैयाँ अनुदान र आन्तरिक स्रोतबाट ४ करोड ७५ लाख रुपैयाँ संकलन हुने जनाइएको छ। गाउँपालिकाले आर्थिक विकासतर्फ ५ करोड ४५ लाख, पूर्वाधार विकासतर्फ १८ करोड ६० लाख, संस्थागत विकास सेवातर्फ १ करोड ३ लाख, सामाजिक विकासतर्फ ३८ करोड ६६ लाख ४९ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ८१ लाख ३५ हजार र कार्यालय सञ्चालनतर्फ ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उलेख छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*