शुक्रवार सुनको मूल्य तोलामा २९०० रुपैयाँले घट्यो

हेटौंडा टुडे
२०८२ असार १३, शुक्रबार ११:३६ गते

हेटौंडा ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*