हेटौंडा । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ। नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा ती शवहरू भेटिएका हुन्। प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन। शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन् । गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
सेयर गर्नुहोस्


















