आज यी मुख्य राजमार्ग छन् पूर्ण रूपमा अवरुद्ध

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार ११:०० गते

हेटौंडा । वर्षात पछि आएको बाढी पहिरोका कारण देशका मुख्य राजमार्गहरु अवरूद्ध भएका छन्। प्रहरीले अहिले बिहान पौने दस बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार संखुवासभामा कोशी राजमार्ग अवरूद्ध छ। भोटखोला गाउँपालिका-४ वरुणमा पर्ने उक्त खण्डमा गत जेठ ६ गतेदेखि नै समस्या आएको थियो।

गत असार २४ गतेको भेलबाढीका कारण नेपाल-चीन जोड्ने पासाङ ल्हामु राजमार्ग रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ मा अवरूद्ध छ। गत असार २९ गतेको वर्षातपछि खसेको पहिरोले कालिगण्डकी करिडोर पनि अवरूद्ध छ। यस खण्ड कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ बर्लबामा अवरूद्ध छ। जाजरकोट डोल्पा भेरी करिडोर रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-६ रिजिगारमा पूर्णरूपमा अवरूद्ध छ।

भेरी करिडोर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा अवरूद्ध छ। बागलुङको दब्ल्याङमा कालिगण्डकी करिडोर एकतर्फी छ। गलकोट नगरपालिका-११ काउसेमा मध्यपहाडी लोकमार्ग एकतर्फी छ। रोल्पाको सहिद राजमार्ग परिवर्तन गाउँपालिका-१ ग्रामजिममा एकतर्फी छ। सहिल राजमार्ग नै धामाचौरमा पनि एकतर्फी छ।

प्यूठानको बाग्दुला मच्छि सडक हाडिगैह्रामा एकतर्फी रहेको प्रहरीले जनाएको छ। यस्तै बीपी राजमार्गमा पनि ठाउँठाउँमा लेदोसहितको पहिरो खसेकाले यातायात सकसपूर्ण बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*