बिहीबार सुन चाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८२ श्रावण १, बिहीबार ११:३५ गते

हेटौंडा। साताको पाचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

मूल्य बढेसँगै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २ हजार २६५ रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबारको तुलनामा प्रतितोला १३ सय रुपैयाँले घट्दै बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो भने चाँदी १५ रुपैयाँले घट्दै २ हजार २६० रुपैयाँ कायम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*