हेटौंडा । बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच आज एकता हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने एकता सभामार्फत दुई पार्टी एकताको घोषणा हुने भएको हो ।
नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकतासभाको कार्यसूची तथा नेताहरूको वरीयताक्रम व्यवस्थापनको काम सकिएर घोषणाको तयारी पूरा भएको छ ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम लगायतले सभालाई सम्बोधन गर्ने छन् ।
घोषणाअघि राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता कायम गरिएको जनाइएको छ ।
सेयर गर्नुहोस्


















