प्रदेश प्रमुख अस्वस्थ हुदा बागमतीमा मन्त्रीहरुको सपथ स्थगित

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १०:५९ गते

हेटौंडा। बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूको बिहीबार (आज) का लागि तय गरिएको सपथग्रहण कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि तत्काल उपचारको लागि काठमाडौं जानुपर्ने भएकोले हाललाई सपथग्रहण स्थगित भएको हो। प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार सार्वजनिक गरिएको सूचनामा आज दिउसो १ बजेका लागि तोकिएको सपथ समारोह  अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ। यता बुधबार बिहान नियुक्त भएका मन्त्रीहरूको सपथग्रहण नेकपा एमालेका कारण स्थगित भएर बिहीबार दिउँसो १ बजेलाई तय भएको थियो।

 

FB_IMG_1753930279618-1753932288.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*