आज सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार ११:०४ गते

हेटौंडा।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । यससँगै बुधबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २२ सय ७० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*