पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को शुभ मुहूर्त सम्पन्न

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार १२:२४ गते

हेटौंडा। नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त सम्पन्न भएको छ । बिहीबार काठमाडौंको धन्वन्तरि बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन । चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा कथा कुमार बेन्जन्कारको रहेको छ भने पटकथा गणेश कार्कीको रहेको छ ।

निर्माण पक्षको अनुसार चलचित्रमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको एउटा र्‍याप रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*