हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार बिहान सिंहदरबारमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको गरीएको हो। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार, ‘बिहान ११ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान भएको छ,’ महासचिव पाण्डेले भने, ‘बैठकमा ३ विषयमा छलफल हुन्छ ।’
पाण्डेका अनुसार सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूचीबारे छलफल हुनेछ । यसैगरी, कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे पनि सर्वदलीय बैठकमा छलफल हुने बताए बताइएको छ।
सेयर गर्नुहोस्


















