हेटौंडा। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० र चाँदी रु १७५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पाँच हजार ४० कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ८६५ कायम भएको थियो । रासस
सेयर गर्नुहोस्






















