हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले आज राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा हेटौडामा दुईजना चलचित्र पत्रकार र एक जना कलाकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा चलचित्र पत्रकार कृष्ण भट्टराई, कलाकार विष्णु प्रसाद सापकोटा र पत्रकार सुबास बिडारी रहेका छन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट चलचित्र पत्रकार कृष्ण भट्टराई नगद राशि एघार हजार एक सय एघार नगद रुपैया सहित सम्मानित हुनु भएको हो । भट्टराई तिन दशक भन्दा बढी समय देखि चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील छन । भट्टराईलाई प्रदान गरिएको सम्मान र पुरस्कार नेपाल चलचित्र संघका अध्यक्ष एंव निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन् ।
धनमान श्रेष्ठ स्मृति राष्ट्रिय चलचित्र कलाकर्मी सम्मान २०८३ बाट कलाकार विष्णु प्रसाद सापकोटालाई लाई सम्मान गरिएको हो । उनलाई पाच हजार पाच राशि , सम्मान पत्र सहित सम्मान गरिएको थियो । सापकोटा लामो समय देखि कलाकारिता क्षेत्रमा काम गर्दै आईरहनु भएको छ । सापकोटालाई प्रदान गरीएको पुरस्कार कलाकार सुशान्तकुमार श्रेष्ठले आफ्नो बुबाको नामबाट स्थापित गरेका हुन् ।
त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार सुबास बिदारिलाई लाई सम्मान गरिएको हो । उनलाई पाच हजार एक सय एघार राशी सहित सम्मान गरिएको थियो । बिडारी झन्डै डेड दशक देखि मकवानपुरमा रही पत्रकारितामा काम गर्दै आईरहनु भएको छ । सोही अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर साखाको कार्यक्रमा सहयोग गरेको बिभिन्न संघ सस्था लाई सहयोग पुर्याएको भन्दै संघले कदर पत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतमा भएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष दिप ज्योति थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र प्राविधक संघका अध्यक्ष पुस्कार लामा, हेटौंडा उपमहानगर पालिका सामाजिक विकाश माहाशाखा प्रमुख भिम प्रसाद तिमल्सिना, हेटौंडा उपमहानगर पालिका वडा नम्बर ४ का अध्यक्ष नबिन सिग्देल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर , महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुर जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताब विस्ट, प्रेश सेन्टर बागमती प्रदेश अध्यक्ष धुर्ब अधिकारी प्रेस चौतारी मकवानपुरकी अध्यक्ष् सरिता दाहाल, संचारिका समुह मकवानपुर अध्यक्ष निशा गुरुङ, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारी लगायतको अतिथ्यता रहेको थियो ।






















