राष्ट्रिय सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८२ श्रावण २३, शुक्रबार १०:४० गते

हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछिन् ।
बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*