हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा सांसदहरुले विशेष तथा शून्य समयमा समसामयिक विषयमा धारणा राख्ने छन् ।
सेयर गर्नुहोस्






















