बिहीबार बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ श्रावण २९, बिहीबार ११:०२ गते

हेटौडा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापनवाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,  आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै बुधबार तोलाको २३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार २३ सय ४० रुपैयाँ कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*