बागमती प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो वार्षिक प्रतिवेदन

हेटौंडा टुडे
२०८२ भाद्र १७, मंगलवार १६:२८ गते

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखज्यू समक्ष पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिवेदन ग्रहण गर्नु हुदै प्रदेख प्रमुख देवकोटाले आफ्नो तर्फबाट सहजिकरण हुने बताउँनु भयो ।

‘न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौतीमाथि आवश्यक सहजिकरणमा मुख्यमन्त्री मार्फत मैले सहजिकरण गर्ने नै छु’ उहाँले भन्नुभयो । कार्यक्रममा मुख्यन्यायधिवक्ता शुकदेव काफ्लेले बागमती प्रदेशमा रहेको कारागरहरुमा सबैभन्दा समस्या रहेको टिप्पणी गर्नुभयो । ‘कारगारको क्षमतभन्दा बढी कैदी बन्दीहरु राखेर मानव अधिकारको प्रत्याभुतिमा नै चुनौति  देखिएको बताउनु भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*