पाल टाँगेर सर्वोच्च अदालतमा आजबाट सेवा सुरु

हेटौंडा टुडे
२०८२ भाद्र २९, आईतवार १६:०५ गते

हेटौंडा ।सर्वोच्च अदालतले आजबाट आफ्नो सेवा पुनः सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो ।  सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दिप्रत्यक्षीकरण रिट दर्ता लगाएतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा सुरु हुनेछ । दंशैका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यस पटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए । ।

हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्तावेज जलेको सर्वोच्चले जनाएको छ ।

यस्तै काठमाडौं जिल्ला अदालतले भने अर्को सूचना नभएसम्मका लागि आफ्ना सबै सेवाहरू स्थगित गरेको छ ।

546294359_1147255060

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*