शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ आश्विन ३, शुक्रबार १२:१३ गते

हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।

बिहीबार २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १६ हजारमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ। बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी आज २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*