हेटौंडा । अब विभिन्न मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरुमा अब सेवाग्राहीको गुनासो सम्बोधन हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, आयोजना तथा मातहतका कार्यालयहरूमा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा सेवाग्राहीको गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको हो ।
ऊर्जामन्त्री कुलमान घिसिङले विभिन्न मन्त्रालय, विभाग, आयोजन तथा मातहतका कार्यालयहरु यस्ता प्रकारका गुनासोहरु आए सेवाग्राहीलाई उजुरी गर्न अनुराेध गरेका हुन । आज आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै आफूले सम्हालेकाे मन्त्रालयअन्तर्गतका विभाग आयाेजनाहरुमा सेवाग्राहीलाई दुख दिए खबर गर्न आग्रह गरेका छन ।
कुनै गुनासो वा सुझाव भएमा विभिन्न माध्यमहरू प्रयोग गरी जानकारी दिन सकिने उनले बताए । मन्त्रालयपिच्छे फरकफरक नम्बरहरु राखिएको छ । यसअघि अर्थ मन्त्रालयले पनि सेवाग्राहीलाई दुख दिए उजुरी गर्न भनिसकेकाे छ ।



















