दशैं बिदापछि आजदेखि सेयर कारोबार सुरू भएको छ। दशैंअघिको अन्तिम कारोबार दिन असोज १२ गते आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको थियो। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १ अंकले घटेर २६६२.५० विन्दुमा अडिएको छ।
४३ स्क्रिप्सको १० हजार १५८ कित्ता सेयर ४५ लाख ७२ हजार ८४६ रुपैयाँमा खरिद बिक्री भए। यो समयमा १० स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ६ स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
सेयर गर्नुहोस्






















