एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ आश्विन ३१, शुक्रबार ११:३५ गते

हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले आज (शुक्रवार) पनि रेकर्ड राखेको छ ।

पछिल्लो समय सुनको मूल्य लगातार बढ्दै आएको छ । अघिल्लो दिन बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ तोकिएको छ ।

शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*