तोलामा २ हजार ९ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक ११, मंगलवार ११:०८ गते

हेटौंडा। नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*