आज पनि घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ कार्तिक १२, बुधबार ११:१५ गते

हेटौंडा । पाली बजारमा बुधबार सुनको मूल्य फेरि आज पनि  घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो  । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँ पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*