बिहीबार सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

हेटौंडा टुडे
२०८२ कार्तिक १३, बिहीबार ११:२६ गते

हेटौंडा । नेपाली बजार बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*