प्रचण्ड सँगै मिल्न पुगे गोपाल किराती : नयाँ पार्टीमा समाहित हुने

हेटौंडा टुडे
२०८२ कार्तिक १७, सोमबार ११:११ गते

हेटौंडा । राजनीतिक संकटबीच माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच एकता र ध्रुवीकरणका लागि सहमति भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किरातीबीच माओवादी नेतृत्वमा देशभक्त, समाजवादी र क्रान्तिकारी शक्तिलाई एउटै ध्रुवमा ल्याउने सहमति सार्वजनिक गरिएको हो।

सहमति पत्रमा नेपाली राजनीतिमा उत्पन्न जोखिमपूर्ण परिस्थितिलाई व्यवस्थापन गर्न जनयुद्धकालीन नीति– प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरणको भावनाअनुरूप क्रान्तिकारी शक्तिहरूबीच एकता अपरिहार्य भएको उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*