नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

हेटौंडा टुडे
२०८२ कार्तिक १९, बुधबार १५:४३ गते

हेटौंडा । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोलीसमक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

आज दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । उनले ६८ बलमा ४ चौका प्रहार गरे तर अर्धशतकबाट चुके । यता अलराउन्डर कुशल मल्लले ५१ बल खेल्दै ४५ रनको योगदान दिए।

यसका साथै, दीपेन्द्र सिंह ऐरीले ४३ बलमा १ छक्कासहित ३७ रन र आरिफ शेखले ५४ बलमा ३० रन बनाएर टिमको स्कोर उकासे। नेपालको सुरुवात राम्रो हुन सकेन।

ओपनर कुशल भुर्तेल २ रन र आसिफ शेख ३४ रन आउट भए । कप्तान रोहित पौडेल पनि २ रनमा पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो। यूएईका तीव्र गतिका बलर जुनैद सिद्धिक, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले समान २ विकेट हात पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*