ट्रक पल्टिँएर अवरुद्ध भएको कान्ति लोकपथ सञ्चालनमा

हेटौंडा टुडे
२०८२ कार्तिक २१, शुक्रबार ११:५३ गते

हेटौंडा । शुक्रबार बिहान कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लेनडाँडा नजिक भूसा बोकेको ट्रक अनियन्त्रित भई पल्टिदा अवरुद्ध बनेको कान्तिलो कपथ ६ घण्टापछि सञ्चालनमा आएको छ । सडकमा पल्टिएको गाडी र भुसको बोरा पन्छाएपछि कान्तिलो कपथ ६ घण्टापछि सञ्चालनमा आएको हो।

मकवानपुरको बकैया गाउँपालिका—११ लेनडाँडामा बाराबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश०३–००२ ख १३६५ नम्बरको ट्रक शुक्रबार बिहान ४:४५ बजेतिर खाल्डामा चिप्लिएर अनियन्त्रित भई बीच सडकमा पल्टिएको थियो । क्रेन ल्याएर सडकको अवरोध हटाएपछि बिहान १० बजेबाट कान्तिलोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*