थपिए ५ लाख बढी नयाँ मतदाता, राष्ट्रिय परिचयपत्रबाट मात्रै २ लाख २५ हजार

हेटौंडा टुडे
२०८२ मंसिर १, सोमबार १४:२४ गते

हेटौंडा । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।  त्यसका साथै आइतबार सम्म कूल ५ लाख २७ हजार ६३७ नयाँ मतदाता थपिएका छन् । राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने सुविधा थपिएपछि नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको हो ।

निर्वाचन आयोगकाअनुसार ३० कात्तिकसम्म निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक्स दिइ मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या तीन लाख दुई हजार ६२ जना पुगेको छ । यस्तै, राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या दुई लाख २५ हजार ५७५ छ ।

२७ कात्तिकदेखि मात्रै राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने सुविधा थपिएको थियो । जसअनुसार ३० कात्तिकको राति ९ बजेसम्म एक लाख ३६ हजार ३२९ पुरुष, ८९ हजार २३८ महिला र अन्य आठ जना गरी दुई लाख २५ हजार ५७५ जनाले राष्ट्रिय परिचय पत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचय पत्रमार्फत चार दिनको अवधिमा नयाँ मतदाता थपिएका हुन् । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय ५ मङ्सिरसम्म छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*