हेटौंडा । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आज बाराको परवानीपुरमा जागरण सभा आयोजना गरेको छ। तर उक्त जागरण सभाका लागि जाँदै गरेका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन्।
सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवा र एमाले समर्थित युवाबीच झडप भएको छ। त्यसैले महासचिव शंकर पोखरेलगायत नेताहरू सिमरा उड्न पाएका छैनन्। युवा संघको कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल, जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा जान लागेका हुन्।
जेन–जी र राजनीतिक दलका कर्यकर्ताबीच सिमरा विमानस्थलमा झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
सेयर गर्नुहोस्






















