जेनजी आन्दोलनका ९ घाइतेले लिए राहत र परिचयपत्र

हेटौंडा टुडे
२०८२ मंसिर १५, सोमबार ११:५७ गते

 हेटौंडा । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते मध्ये ९ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्र समेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताएका छन।

अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएको र कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ । जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।

स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उनले भने ।  घाइतेहरुको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए। घाइतेलाई राहत स्वरुप सरकारले २० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*